महोत्सव ऐतिहासिक हुनेछ-खड्गबहादुर बुढाथोकी (उपाध्यक्ष) दाङ जिल्ला उद्योग वाणिज्य संघ
March 06, 2016
महोत्सव सुरु भएको छ । यसलाई व्यापक बनाउन के गर्नुभएको छ ?महोत्सव भव्य समारोहकाबीच उद्घाटन भइसकेको छ । महोत्सवको शोभायात्रा र उद्घाटन कार्यक्रममा अपार जनसहभागिता भएको छ । महोत्सवलाई भव्य र व्यापक बनाउका लागि हामीले मूल समितिको मातहतमा विभिन्न उपसमिति गठन गरेका छौं । सबै उपसमितिहरुले आफ्नो तर्फबाट आफूले पाएको जिम्मेवारी बहन गर्नुभएको छ । यसैगरी महोत्सवलाई व्यापक बनाउका लागि हामीले प्रचारप्रसारकालागि रेडियो, पत्रपत्रिका, अनलाईन, टेलिभिजन, पर्चा पम्प्लेट, माईकीङलगायत समाजिक सञ्जालबाट कार्य अगाडी बढाईरहेका छौं । दैनिक रुपमा महोत्सवको काम अगाडि बढाउनकालागि संघको हाताभित्रै महोत्सव सचिवालय स्थापना गरेर काम गरिरहेका छौं । महोत्सव सफल बनाउने विषयमा विभिन्न क्षेत्रका प्रमुखहरुसँगको छलफल पनि जारी नै छ । समग्रमा भनु पर्दा महोत्सव भव्यरुपमा सुरु भएको छ । उद्देश्य अनुरुप सफल हुनेछ ।महोत्सव आयोजना गर्नुको मुख्य उद्धेश्य के हो ?
महोत्सबहरुलाई आर्थिक संकलन र मनोरञ्जनसँग मात्र जोडेर हेर्ने गरिन्छ । कतिपय ठाउँमा त्यस्तो पनि भएको होला । तर हामीले सधैभरी यहाँ लाग्दै आएका महोत्सबहरुलाई सामाजिक अभियानसँग जोडेर अगाडि बढाएका छौं । अहिले पनि बहुउद्देश्यीय सभाहल निर्माण गर्ने मुख्य उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको छ । यसका साथै महोत्सबमा उद्यमी विकासलाई पनि हामीले जोड दिएका छौ । विनासकारी महाभुकम्प र भारतको अघोषीत नाकाबन्दीका कारण अर्थ बजारमा ठुलो असर परेकाले आर्थिक क्रियाकलापलाई माथी उठाउने, व्यबसाय र व्यवसायीहरुको मनोबल बढाउने किसिमले पनि महोत्सवलाई अगाडि बढाएका छौं । साथै स्थानीय स्तरमा रहेका विभिन्न पर्यटकीय स्थलको प्रवद्र्धन, कृषीको प्रवद्र्धनलगायत व्यवसायीक क्षेत्रको विकासलागी पनि यो महोत्सवको आयोजना गरिएको हो ।
अहिले पनि बहुउद्देश्यीय सभाहल निर्माण गर्ने मुख्य उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको छ । यसका साथै महोत्सबमा उद्यमी विकासलाई पनि हामीले जोड दिएका छौ । विनासकारी महाभुकम्प र भारतको अघोषीत नाकाबन्दीका कारण अर्थ बजारमा ठुलो असर परेकाले आर्थिक क्रियाकलापलाई माथी उठाउने, व्यबसाय र व्यवसायीहरुको मनोबल बढाउने किसिमले पनि महोत्सवलाई अगाडि बढाएका छौं ।
यो महोत्सवले आर्थिक क्रियाकलापलाई कसरी माथि उठाउँछ ?
महोत्सवमा विशेष गरि आम सोंचाई पैसाको बचतलाई मात्रै लिने गरिएको छ । हाम्रो सोचाईमा या भनौ उद्योग वाणिज्य संघले जहिलेपनि आ–आफ्नो क्षेत्रको आर्थिक क्रियाकलापलाई नै मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिन्छ । यसवर्षको महोत्सवले पर्यटन, कृषी, स्थानीय स्तरका उद्यमीबाट उत्पादीत वस्तुको पर्वद्धनलाई जोडेका छौ । यस क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी, त्यसको प्रचार र स्थानीय उत्पादनलाई हामीले विशेषरुपमा जोडेका छौ । यसपटकको महोत्सवमा हामीले महोत्सव स्थलमा नै आर्थिक र व्यवसायीक विकासका सन्दर्भमा अन्तरक्रिया प्रशिक्षण लगायतका कार्यक्रमहरु सम्पन्न गर्नकालागि व्यवसाय विज्ञहरुको सहयोगमा महोत्सव सचिवालय स्थलमा व्यवस्था हुने छ । यसमा व्यवसायीहरुको सहभागितामा सम्वन्धित विज्ञहरुको सहयोगमा प्रशिक्षण हुने छ । जसले गर्दा व्यवसायीहरु आफ्नो क्षेत्रमा निपूर्ण भई आर्थिक एवं बौद्धिक रुपमा सक्षम हुनसक्नु हुनेछ । यो महोत्सव व्यसायीहरुको आर्थिक विकासका साथै वौद्धिक विकासको एक खुड्किलो बन्ने छ ।
अहिलेको महोत्सवमा नयाँ योजनाहरु के के छन् ?
यसभन्दा अघि दाङ जिल्ला उद्योग वाणिज्य संघले २ वटा महोत्सव सफलताका साथ सम्पन्न गरिसकेको छ । विगतका महोत्सवहरुबाट पाठ सिक्दै अब आउने महोत्सवलाई अझै भव्य र सव्य एवं फलदायी बनाउने विषयमा हामी गम्भीर छौ । विशेष गरेर यो महोत्सवमा आकर्षणको रुपमा मध्यपश्चिम मै पहिलोपटक रेस्लीङ आयोजना हुँदै छ । जसप्रति धेरैको चासो बढेको छ । धेरैको माग भएपछि हामीले मध्यपश्चिममा पहिलो पटक महोत्सवमा रेस्लीङ आयोजना गरेका छौ । यो हेर्नलाई धेरै दर्शकहरु उत्सुक हुनुहुन्छ । यसका साथै लक्ष्मीपुरको जसपुर (सवारीकोट) बाट प्याराग्लाईडिङको व्यवस्था मिलाएका छौ । जो व्यवसायीक रुपमा नै अघी बढाउन सकिने छ । यसबाट स्थानीय स्तरबाटै प्याराग्लाडिङको क्षेत्रमा लगानी गर्ने एउटा माहोल सिर्जना हुने छ भन्नेमा हामी आशावादी छौ । सवारीकोटबाट हुने प्याराग्लाईडिङ महोत्सव स्थलमा ल्याण्डीङ हुने छ । थारु परिकार एवं थारु संस्कृति सहितको थारुग्राम पनि एउटा अर्को आकर्षणको रुपमा महोत्सव स्थलमा रहने छ । त्यहाँ निश्चीत केही शुल्क वाफत थारु संस्कृतिको अवलोकनका साथै थारु परिकारको स्वाद लिन सक्नुुहुनेछ । यसैगरि मगर, नेवारको खानाको परिकारको पनि स्वाद लिन सक्ने छौ ।
महोत्सवमा पर्यटकीय क्षेत्रलाई कसरी चिनाउनुहुन्छ ?
यस क्षेत्रको पर्यटन गन्तव्यको जानकारी सहितको ब्रोसर हामीले प्रकाशन गरेका छौं । यी क्षेत्रमा पुग्नकालागि स्थलमार्ग र हवाई मार्ग (हेलिकोप्टर) को व्यवस्था मिलाएका छौ । हेलिकोप्टरबाट हामीले महोत्सव स्थल घोराही बजार, दाङ उपत्यका, प्यूठान स्वर्गद्धारी दर्शन, रुकुमको स्यार्पु तालको अवलोकन र मुगुको रारा तालको अवलोकनलगायतक प्याकेजको व्यवस्था गरेका छौ । यसबाट समग्र यस क्षेत्रको पर्यटकीय क्षेत्रलाई उजागर गरि यस क्षेत्रको आर्थिक क्रियाकलापलाई अगाडी बढाउने योजना रहेको छ । यसैगरि सडकमार्गबाट हामीले यस क्षेत्रका पर्यटकीय स्थलको अवलोकनको व्यवस्था पनि गरिएको छ । जसबाट महोत्सवमा आउने पर्यटकहरुले यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलको अवलोकन गर्नुहुनेछ ।
महोत्सवबाट दाङलाई प्रादेशीक राजधानी बनाउने वातावरण बन्न सक्छ ?
दाङलाई प्रादेशीक राजधानी बनाउनकै लागी मात्रै हामीले सो ऐजेण्डालाई अगाडी बढाएका छैनौ । यसका पछाडी प्रशस्त आधारहरु छन् । केन्द्रिय राजधानीको रुपमै चर्चामा आएको दाङ कम्तीमापनि प्रादेशीक राजधानी हुनकोलागी योग्य छ । चाहे त्यो क्षेत्रफलको कुरामा होस् या हावापानी, सिमाक्षेबाटको दुरी । प्रदेश नम्बर ५ को दुरीका हिसाबले सबै क्षेत्रबाट मध्य भागमा पनि दाङ नै अवस्थित छ । करिब करिब ९० किलोमिटरको आसपासको दुरीमा रहेको दाङबाट सेवा सुविधाकालागी सहज हुने छ । भौतिक पूर्वाधारका हिसाबले पनि दाङ उपयुक्त छ । दाङलाई प्रादेशीक राजधानी बनाउनकालागी नै आवश्यक पर्ने पूर्वाधारहरुमध्य हवाई सेवा, ईन्धन डिपोको स्थापना, सिमा नाकासँग जोड्ने सडककासाथै ठुलाठुला सभासम्मेलनकालागी आवश्यक पर्ने सभागृहको निर्माणलाई पनि हामीले जोड दिएका छौ । आधारसहितको प्रादेशीक राजधानीको रुपमा दाङलाई स्थापीत गराउन पनि यो महोत्सवलाई हामीले एउटा मञ्चको रुपमा सदुपयोग गर्नेछौ । महोत्सवका दौरानमा हामीले सो सम्वन्धी अन्तरक्रीया एवं कार्यपत्र पनि प्रस्तुत गर्ने योजना बनाएका छौ ।
आर्थिक संकलनको उपाय त अन्य पनि थिए होला, महोत्सव नै किन ?
आर्थिक संकलनकालागी अन्य उपाय पनि छन् । हामीले महोत्सव आयोजना गर्नुको उद्देश्य आर्थिक पाटोलाई जोडेका छैनौ । विशेष गरेर यस वर्षको सुरुवात सँगसँगै गएको विनासकारी भुकम्पले सिर्जीत आर्थिक क्षतिका साथै संविधान जारी भएपश्चात नाकाबन्दीले परनिर्भरमुखी अर्थतन्त्रलाई निर्भरमुखी बनाउनकालागी आर्थिक क्षेत्रलाई केही गति प्रदान गर्न सक्नुपर्दछ भनेर हामीले महोत्सवको आयोजना गरेका हौ । यस महोत्सवले निश्चीत रुपमा आत्मनिर्भरमुखी अर्थतन्त्रको विकासकालागी केही न केही सन्देश प्रवाह गर्नुका साथसाथै आर्थिक क्रियाकलापलाई टेवा पु¥याउने हाम्रो विश्वास छ ।
महोत्सवमा सांस्कृति कार्यक्रमलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
यो महोत्सवमा हामीले विशेष गरि स्थानीय वा राप्तीका कलाकार त्यसमा पनि दंगाली कलाकारहरुलाई विशेष प्राथमिकता दिइएको छ । राष्ट्रि स्तरमा ख्याती कमाएकादेखी स्थानीय स्तरमा रहेर सांगितीक क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गरेका कलाकाहरुलाई प्राथमिकता दिइएको छ । जसमा मधुवावु थापा, चन्द्रकला शाह, चन्द्र शर्मा, कमल गाउले, मीना लामा, जानकी मगर, टिका पुन, पुस्कर शर्मा, यादव योगी, विपीन आचार्य, प्रकाश रेग्मी, प्रेमप्रकाश वली, मुनाल घिमीरे, गजेन्द्र बहकरी, देवेन्द्र बस्नेत, पिताम्वर रिजाल, सरद समीप, टोपेन्द्र विष्ट, देवकला बस्नेत, खर्कबहादुर बुढा, लीलावति बुढा, गायीका एवं मोडल सिर्जु अधिकारी, प्रकाश प्रीय कुसुम्या, कमला लम्साल, प्रेम शर्मा, विक्रम थापा, मेक्सम खाती, नरेश खाती, शिशिर योगी, सुधा रत्न, गोविन्द मधुर आचार्य, विन्दु परियार, भुमीका गिरी, प्रेम विवश घर्ती, देवेन्द्र बस्नेत, विजय परियार, सविना भट्टराई, सरद सागर, लोकराज पराजुली, लोकराज अधिकारी हुनुहुन्छ । स्थानीय महोत्सवमा स्थानीय कलाकारहरुलाई पहिलो प्राथमीकता नै हाम्रो हो । यस्तै अन्य चर्चीत कलाकाहरुमा नायीका झरना थापा, नायक एवं गायक प्रशान्त तामाङ, गायकहरु प्रमोद खरेल, शिव परियार, मोडल पार्विती राई, शंकर विसी, विजय थापा, गायीकाहरु माण्डवी त्रिपाठी, उमा गिरी, सम्झना लामीछाने मगर, जीवन शर्मा, गायक बद्रि पंगेनी, पशुपति शर्मा, गायक रमेशराज भट्टराई, हास्यकलाकार जेरे खुर्सानीका जितु नेपाल, शिवहरी र किरण केसी, भद्रगोलका जिग्री र पाडे, गायीका नविना पौडेल, गायीका देवी घर्ति, कोमल वली, मोडल एन्जल श्रेष्ठ, खुमन अधिकारी, राधिका हमाल, प्रजापति पराजुली लगायतका कलाकार दाङ महोत्सवमा आउने निश्चित भईसकेको छ । यसैगरी महोत्सवको माध्यमबाट प्रोत्साहन स्वरुप विश्वकै चलचित्रका कान्छा डाईरेक्टरहरु सौगात विष्ट र अनुभव रेग्मीलाई पनि दाङमा ल्याईने छ ।
महोत्सवमा भएभरका कलाकार ल्याएर खर्च बढाउन लागिएको छ भन्ने सुनिन्छ नी ?
महत्वपूर्ण प्रस्नका लागि धन्यवाद । निश्चित्रुपमा झट्ट हेर्दा जोकोहीलाई लाग्न सक्छ, यस पटक भएभरका कलाकारहरु आउँदैछन्, खर्च बढ्नेछ । तर हामीले सांस्कृतिक कार्यक्रममा कसरी खर्च घट्छ, मितव्ययी हुन्छ भन्ने कुरालाई राम्रँेँसग केलाएका छौं । यस पटक बिगतको भन्दा धेरै कलाकार,
राम्रा कलाकार, सबैले रुचाएका कलाकारहरु आउँदै हुनुहुन्छ । साथसाथै हामीले विगतको भन्दा पनि कम खर्चमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न लागिरहेका छौं । कारण हामीले सबै कलाकारहरुसँग प्याकेजमा सहमति गरेका छौं । कलाकार साथीहरु आउनुहुन्छ, हामीले बासको व्यवस्था गरेका छौं । खानपिन, आवतजावत सबै आफ्नै तरिकाले उहाँहरुले गर्नु हुनेछ । बिगतमा कलाकारहरुको पारिश्रमिक भन्दा पनि खानपिन र आवतजावतमा बढि खर्च हुँदो रहेछ, जसलाई हामीले यस पटक रोकेका छौं ।
यो बाहेक अन्य सांस्कृतिक कार्यक्रम साहित्यीक कार्यक्रम के छ ?
सांस्कृतिक कार्यक्रममा हामीले मध्यपश्चिम स्तरिय लोकदोहोरी गीत प्रतियोगीताको आयोजना गरिएको छ । जसमा नेपाली लोक भाका र नेपाली पोशाकमा लोकदोहोरी गीत प्रतियोगीता हुने छ । यस्तै कविता प्रतियोगीता र निवन्ध प्रतियोगीता हुने छ । यसैगरी जिल्ला विद्यालय स्तरिय लोकनृत्य प्रतियोगीता हुने छ । स्थानीय कला संस्कृतिलाई प्रोत्साहन र हौसला प्रदान गर्नकालागी हामीले यी प्रतियोगीताको आयोजना गरेका हौ ।
महोत्सवमा टिकटको व्यवस्था के छ ?
महोत्सवमा हामीले सर्वसाधारणहरुकोलागी रु ५० को टिकटको व्यवस्था गरेका छौ । तर विद्यार्थीहरुकोलागी छुट सहित रु ३० को व्यवस्था गरेका छौ । यसका साथै क वर्गका अपांग र ७० वर्ष भन्दा
धेरै उमेरका जेष्ठ नागरिकहरुकोलागि निशुल्क रुपमा प्रवेश कार्डको व्यवस्था गरिएको छ ।
अन्तमा केही भन्नु छ कि ?
जनमानसको उल्लासमय सहभागितामा महोत्सवको उद्घाटन भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले दाङको विकासका लागि सरकारले सबै खाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । म उहाँप्रति संघको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु । महोत्सब सुरु भइसकेको छ । सबैको सहभागिता र सहयोगले मात्र महोत्सव दाङको लागि ऐतिहासिक र वहुआयामिक बन्नेछ । तसर्थ महोत्सवको अवलोकनका लागि सबै जनाको सहभागिता महोत्सव स्थलमा हुने विश्वास हामीले लिएका छौं । महोत्सव सफल बनाउन भूमिका खेल्ने, खेलि रहनुभएका सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
For more information please visit: http://www.dangkhabar.com/2016/03/khadka-budhathoki.html
© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry