Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ व्यापारिक महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला फागुनमा
March 04, 2016
उदय बीसी
 
माघ १०, दाङ । दाङको घोराहीमा फागुन २१ गतेदेखि ३० गतेसम्म ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला–२०७२’ सञ्चालन हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा सो महोत्सव हुन लागेको हो ।
 
‘उद्योग व्यापार कृषि एवम् पर्यटनको विकास, परनिरभरमुखी अर्थतन्त्रको निकास’ मूल नाराका साथ महोत्सवको आयोजना गरिएको सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले बताए । ‘यस्ता महोत्सव विगतमा पनि आयोजना गरेका हौं, त्योभन्दा बृहत् उद्देश्यका साथ यो महोत्सवको आयोजना गरेका छौं,’ अध्यक्ष बञ्जाडेले भने ।
 
सङ्घले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभागृहको निर्माण, सङ्घको संस्थापक विकास एवम् उद्यमी विकासमा उपयोग गर्ने र स्वदेशी उत्पादनमा वृद्धि गरी परनिरभरमुखी अर्थतन्त्रलाई कम गर्ने र पर्यटन विकास एवम् प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
 
घोराही नगरपालिकाको वडा नं. ५ स्थित अम्वापुर जग्गा विकास कार्यक्रमअन्तर्गत नवलपुरको खुला मैदानमा हुने उक्त महोत्सवको तयारी शुरू भइसकेको दाङ जिल्ला उवासङ्घका सचिव दीपक सुवेदीले अभियानलाई बताए । ‘महोत्सवलाई भव्यरूपमा सफल बनाउन मूल आयोजक समिति, विभिन्न उपसमिति गठन गर्नेलगायत काम शुरू भइसकेका छन्,’ उनले भने, ‘तयारी तीव्ररूपमा भइरहेको छ ।’
 
उनका अनुसार सङ्घका अध्यक्ष बञ्जाडेको संयोजकत्वमा महोत्सव तथा मेला मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ ‘भारी’को संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति, सङ्घका निवर्तमान अध्यक्ष मधुसूदन वैद्यको संयोजकत्वमा सल्लाहकार तथा अतिथि सत्कार उपसमिति र पूर्वअध्यक्ष चन्द्रराज पन्तको संयोजकत्वमा सङ्घसंस्था समन्वय उपसमिति गठन गरिएको छ ।
 
त्यस्तै, सङ्घका पूर्वअध्यक्ष माधव शर्माको संयोजकत्वमा मूल्याङ्कन तथा अनुगमन समिति, सचिव आचार्यको संयोजकत्वमा व्यवसाय विज्ञ परिचालन उपसमिति र कोषाध्यक्ष मञ्जु वज्राचार्यको संयोजकत्वमा साहित्य तथा पर्यटन उपसमिति गठन गरिएको छ । महोत्सवमा करीब २० करोडको कारोबार हुने अनुमान गरिएको छ ।
 
http://www.abhiyan.com.np/new/Articles/view/72518
 

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry