Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
घोराहीमा औद्योगिक तथा कृषि मेला हुँदै
March 04, 2016
घोराही । दाङ उद्योग वाणिज्य संघले व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृर्षि मेलाको आयोजना गर्ने भएको छ । जिल्लामा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्य सभागृह निर्माणका लागि आर्थिक संकलन गर्न मेलाको आयोजना गर्न लागेको हो ।

मेलामा पाँच लाख भन्दाबढी दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।  फाल्गुन २१ गतेदेखि ३० गतेसम्म घोराही ५ नवलपुरमा ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँचलाख भन्दाबढी दर्शकहरुलाई अवलोकन गराउने लक्ष्य रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिबार घोराहीमा पत्रकार सम्मलेन गरी जानकारी दिएको छ । 

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२ ले दाङको चिनारीका रुपमा रहेको बहुउद्देश्य सभागृह निर्माणका साथै स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीको पहिचान एवं प्रवद्र्धनका मेलाको मुख्य आकर्षक रहेको छ ।  सभागृह निर्माणका लागि उद्योग वाणिज्य संघ दाङले विभिन्न क्रियाकलाप सम्पादन गर्दै आएको त्यसको निरन्तर्ताका लागि मेलाको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वन्जाडेले जानकारी दिएका छन ।  

दाङको  उद्योग, कृर्षि , पर्यटन  तथा कला संस्कृतिको पहिचान गरी जिल्लाको समग्र विकासका लागि मेलाको विशेष योगदान रहने वन्जाडेले बताए । मेलामा मध्यपश्चिमका १५ जिल्लाका स्थानीय कृषि प्रदर्शनी राखिने भएको छ । मेलामा स्थानीय व्यापारिक तथा औद्योगिक वस्तुहरुको प्रदर्शनी एवं बिक्री,  हस्तकला , कृषि, जडिबुटी, बाल उद्यानलगायतका स्टलहरु  राखिने आयोजकले जनाएको छ । फागुन २१ बाट सञ्चालन हुन लागिएको मेलाको आवश्यक कार्य सवै पूरा भएको आयोजकले जनाएको छ । 

दाङ जिल्लालगायत मध्यपश्चिमका  १४ जिल्लाका पाँचलाख  दर्शकहरुको अवोलकन रहने साथै बिस करोडभन्दा बढीको आम्दानी गर्ने आयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले बताएका छन् । मेलालाई भव्यताका साथ सम्पन्न गर्न दाङवासी सबैमा अपलि गरिएको छ । मेला सम्पन्न गर्नका लागि आयोजकले विभिन्न मूल समितिहरु गठन गरेको  छ ।  

मेला सफलताका लागि  वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने पूर्व अध्यक्ष धुर्वराज श्रेष्ठ भारीको अध्यक्षतामा आर्थिक संकलन समिति, पूर्व अध्यक्ष मधुसुधन वैद्यको संयोजकत्वमा अतिथि सत्कार समिति चन्द्रराज पन्तको संयोजकत्वमा संस्था समन्वय समिति र माधवप्रसाद शर्माको संयोजकत्वमा मूल्याङकन तथा अनुगमन समिति गठन गरिएको छ ।

त्यस्तै वाणिज्य संघका उपाध्यक्ष खड्ग बुढाथोकी, नारायाणप्रसाद भुसाल, दिपक सुवेदी सहसंयोजकत्वमा व्यवसाय विज्ञ परिचालन समिति मन्जु बज्राचार्यका  दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यामा पत्रकार भेटघाटको सञ्चालन  महासचिव दिपक सुवेदीले गरेका थिए ।

http://rsamachar.com/?samachar=घोराहीमा-औद्योगिक-तथा-कृ

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry