Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ जिल्ला उवासंघको अध्यक्षमा बञ्जाडे
June 23, 2015

असार ८, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा हेमराज बञ्जाडे निर्वाचित भएका छन् । नयाँ नेतृृत्वका लागि शनिवार भएको मतदानमा ८ सय ९८ मत प्राप्त गरेर उनी अध्यक्षमा निर्वाचित भएका हुुन् । उनका प्रतिद्धन्दी प्रजातान्त्रिक व्यावसायिक प्यानलका अध्यक्ष पद्का उम्मेदवार श्यामकुुमार सुुवेदीले ७ सय ८० मत प्राप्त गरेका थिए । वञ्जाडे संयुुक्त व्यवसायिक प्यानलबाट निर्वाचित भएका हुन् । वञ्जाडे संघका पूर्वमहासचिव पनि हुन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा संयुुक्त प्यानलकै नारायण भुुसाल ९ सय ३३ मत प्राप्त गरेर निर्वातिन भएका छन् । अध्यक्ष, वाणिज्य उपाध्यक्ष र दुुई सदस्य वाहेक अन्य सबै पदमा प्रजातान्त्रिक व्यावसायिक प्यानलका उम्मेवदारहरु विजयी भएका छन् । निर्वाचनबाट उद्योग उपाध्यक्षमा खडगबहादुुर बुढाथोकी (९२१), महासचिवमा दीपक सुुवेदी (८३५), सचिवमा सुुशीलप्रकाश सुुवेदी (८३०) र कोषाध्यक्ष्ँमा मञ्जुु बज्राचार्यले (९२५) मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका वसन्त जोशी, माया पोख्रेल, संकल्प श्रेष्ठ, सुुशील पोख्रेल, नरेश कार्की र श्रीधर धिताल निर्वाचित भएका भएका छन् भने संयुुक्त प्यानलका अनिल आचार्य र श्रीधर पोख्रेल निर्वाचित भएको संघकोनिर्वाचका लागि गठित निवाृचन समितिका प्रमुुख निर्वाचन अधिकृत अनिरुद्र गिरीले जानकारी दिए ।

१ हजार ९ सय ३८ मतदाता रहेकोमा १ हजार ७ सय १८ मत खसेको थियो । मतदानपछि शनिवार पौने ९ बजेदेखि मतगणन शुुरु भएपछि करीव १२ घण्टा पछि अर्थात आइतवार १० बजेतिर मात्रै मतगणन कार्य सकिएको थियो । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुुने छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष हेमराज वञ्जाडेले उद्योग वाण्ज्यि संघ उद्योगी व्यवसायीहरुको साझा संस्था भएकाले सबै व्यावसायीहरुलाई मिलाएर लैजाने बताएका छन् । ‘मेरो मुुख्य एजेण्डा भनेको व्यावसायीहरुका भावनात्मक एकता कायम गरी जिल्लाको समग्र विकास गर्ने र व्यवासायीहरुको हकअधिकार संरक्षणका पक्षमा काम गर्नुु हो’, उनले भने ।

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry