Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ महोत्सवको अवसरमा जिल्लामा शुरु हुँदै 'प्याराग्लाइडिङ'
February 26, 2016

दाङ, १३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले यही फागुन २१ देखि ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२” को अवसरमा जिल्लामा प्याराग्लाइडिङ पनि शुरुवात हुने भएको छ । महोत्सवको समयमा जिल्लामा प्याराग्लाइडिङको शुरुवात गरिने मूल आयोजक समितिले जनाएको छ ।

“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास: परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा लक्ष्मीपुर गाविसको जसपुर सवारीकोटबाट प्याराग्लाइडिङ गरिने मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिए । महोत्सवलाई जिल्लाको विकाससँगै जोडेको उद्योग वाणिज्य संघले जिल्लामा प्याराग्लाइडिङको सम्भावना भएकाले महोत्सवको समयलाई सदुपयोग गर्दै शुरुवात गरिने उनले बताए ।

सवारीकोट जसपुरबाट यसअघि पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । प्याराग्लाइडिङका लागि पारानोभा प्याराग्लाइडिङ संस्था पोखरासँग सम्झौता भएको मूल समितिका सहसंयोजक नारायण भुसालले बताए । प्याराग्लाइडिङ संस्थासँग उद्योग वाणिज्य संघको तर्फबाट आफूले सम्झौता गरेको उनले बताए । जसका लागि ५ वटा प्याराग्लाइडिङ दाङ आउने उनको भनाइ छ ।

जसपुर सवारीकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेर महोत्सव स्थलमा ल्याण्डिङ हुने उनले बताए । सवारीकोटसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिने र प्याराग्लाइडिङका लागि ५५ सय भाडाको व्यवस्था गरिएको भुसालले जानकारी दिए । प्याराग्लाइडिङ गर्न अग्रीम टिकट बुकिङ गर्नुपर्ने जानकारी उनले दिए ।

महोत्सवलाई अवसरको रुपमा लिएर प्याराग्लाइडिङको शुरुवात जिल्लामा गरिने भुसालले बताए । प्याराग्लाइडिङ सञ्चालक कम्पनीले दाङमा सम्भावना भएको बताएको र उनीहरु यहाँ व्यवसायिकरुपमा प्याराग्लाइडिङ गर्न ईच्छुक भएको उनले बताए । “नियमित उडान गर्ने विषयमा कुराकानी भइरहेको छ”, भुसालले भने ।

Source: http://salyandristikon.com/2016/02/26/दाङ-महोत्सवको-अवसरमा-जिल/

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry