संघद्धारा राज्य मन्त्री चौधरीलाई स्वागत वेरोजगारी समस्या प्राथमिकतामा : चौधरी
August 29, 2017

कार्यक्रममा मन्त्री चौधरीले वेरोजगारी समस्या समाधान आफ्नो पहिलो प्रथमिकता भएको वताउनुभएको थियो । वर्षेनि हजारौ युवाहरु रोजगारीका लागी विदेश जानु परेको भन्दै उहांले ती युवाहरुका लागी स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो पहिलो काम रहेको वताउनु भयो । उहाँले ती युवाहरुलाइृ तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्दै स्वरोजागारमुखस् वनाउने वताउनु भयो । उहाँले जिल्लामा उद्योग व्यवसाय स्थापना र दक्ष जनशक्ति निर्माणमा जान आफू तयार रहेको भन्दै यसमा सहयोग पु¥याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री चोधरीले जिल्लाको विकासका लागी कुनै कसर नछाड्ने वताउनुभयो । दाङ्गको विकास वजेटका लागि केन्द्रवाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जिल्लाको विकासका लागी आवश्यक पर्ने योजनाका खाकाहरु १५ दिन भित्र दिन आग्रह गर्नु भयो । उहाँले तुलसीपुर एयरपोर्टलाई यथासिघ्र संचालनमा ल्याउनका लागी आफूले केन्द्रमा पहल गरिरहेको वताउनु भयो । दाङ्गलाई प्रादेशीक राजधानी वनाउने सन्दर्भमा अहिले उच्च अदालत दाङ्गमा आइसकेको र श्रम मन्त्रालयको संघिय कार्यालय दाङ्गमा नै राख्ने गरी तयारी भइरहेको हँुदा दाङ्ग प्रादेशीक राजधानी वन्ने धेरै सम्भावना भएको उहाँले वताउनु भयो । तर त्यसका लागी सवै एकताबद्ध भएर अघि वढ्नुपर्ने उहँको भनाई थियो ।
संघका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वाणिज्य उपाध्यक्ष टंक सिंह वुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले वोल्नुभएको थियो भने सचिव माया पोख्रेलले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।
For more information please visit: #
© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry