Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
चितवन उवासंघको टोलीलाई दाङ उवासंघको स्वागत
October 30, 2017

घोराही, १३ कार्तिक
दाङ जिल्ला उद्योग वणिज्य संघले चितवन उद्योग वणिज्य संघको टोलीलाई दाङमा स्वागत गरेको छ ।

संघले आज आईतवार घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवन उद्योग वणिज्य संघको अनुगमन टोलीलाई स्वागत सम्मान गरेको हो ।

उवासंघको अनुगमनमा रहेको अवलोकन टोलीलाई दाङमा स्वागत सँगै परिचयात्मक कार्यक्रम पनि भएको थियो । दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुषालको अध्यक्षतामा भएको कार्यक्रममा अनुभव आदानप्रदान गरिएको थियो ।

त्यस अवसरमा चितवन उद्योग वणिज्य संघका अध्इक्ष राजन गौतमले चितवनमा उद्योग वणिज्य संघले गरेका कामको बारेमा जानकारी गराउदै घर बहाल समस्या समाधान गर्न सफल भएको भन्दै यसमा लाग्न दाङ उद्योग वणिज्य संघलाई पनि अनुरोध गर्नुभयो ।

साथै दाङमा बजार विस्तारसँगै सवारी साधनको अत्यधिक चाप रहेको देखिएकाले सार्वजनिक पार्किङ स्थल आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दाङ उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुषालले जिल्लाको आर्थिक विकासदेखी भौतिक विकासमा संघले महत्वपूर्ण भूमीका खेलेको जानकारी गराउनुभयो ।

स्थापना कालदेखी सामाजिक संस्थाको रुपमा रहेर सामाजिक विविध कार्यदेखी विभिन्न समयमा भएका परिवर्तनको उवासंघले नेतृत्व गरेको पनि बताउनुभयो ।

कार्यक्रममा दाङ उद्योग वणिज्य संघका पूर्व अध्यक्ष माधवप्रसाद शर्माले संघको परिचय दिनुभएको थियो ।

उद्योग उपाध्यक्ष बसन्त जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

यसैबीच चितवन उद्योग वणिज्य संघको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डवेश्वर महादेव मन्दिरको अवलोकन गरेको छ । टोलीले अवलोकन गर्दै यसको प्रचारप्रसारमा आफूहरु लाग्ने बताएका थिए ।

त्यस अवसरमा चितवन उद्योग वणिज्य संघका अध्यक्ष राजन गौतमको परिवारले २५ हजार ५ सय रुपैया सहयोग गरेको छ । गौतम गरिवारले आजिवन सदस्यता लिएर मन्दिर व्यवस्थापन समितिलाई सहयोग गरेको हो ।

गौतम परिवार नारायणप्रसाद गौतम, सरिता गौतम, राजन गौतम, मीना सुवेदी गौतम र श्रीया गौतमको नाममा आजिवन सदस्यता लिएर सहयोग गरेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सदस्य एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य धनपति शर्माले जानकारी दिनुभयो ।


For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry